

जनकपुरधाम ।
सिरहाको मिर्चैया नगरपालिका–५ स्थित बजारमा नालाका लागि खनेर अलपत्र छोडिएको खाल्डोमा जमेको पानीमा डुबेर एक महिलाको मृत्यु भएको छ । खाल्डोमा जमेको पानीमा डुबेर २५ वर्षीया रोजिनादेवी महतोको मृत्यु भएको हो ।
स्थानीयका अनुसार, आइतबार बिहान पौने ९ बजेको समयमा हातेकलमा पानी लिएर फर्किने क्रममा चिप्लिएर उनी छेउमै रहेको खाल्डोमा लडेकी थिइन् । पानीमा डुबिरहेको देखेपछि आफन्त र स्थानीयले मिर्चैयास्थित मिर्चैया अस्पताल उपचारकालागि पुर्याएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
