Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेसमा लगभग ५ हजार एचआइभी संक्रमित





जनकपुरधाम ।
आज विश्व एड्स दिवस । विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदैछ । यस वर्षको एड्स दिवसको नारा ‘एचआईभीको नयाँ संक्रमण, भेदभाव र एड्सबाट हुने मृत्युलाई शून्यमा पु¥याऔ’ भन्ने तय गरिएको छ । एचआइभी र एड्स सम्वन्धी प्रभावकारी रोकथाम, हेरचाहा, सहयोग तथा उपचार सेवाको लागी बिश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जोगाउन सन् १९८८ देखि हरेक वर्ष डिसेम्वर १ मा विश्व एड्स दिवस मनाउन थालिएको हो ।
मधेश प्रदेशमा एचआईभी संक्रमितको अनुमानित संख्या ४ हजार ८१९ रहेको छ । गत आर्थिक वर्ष २०८०÷०८१ को तथ्यांक अनुसार मधेशमा सो संख्यामा एचआईभी संक्रमितहरु रहेको पाइएको छ ।
जसमध्ये १५ देखि ४९ वर्षसम्मको उमेर समूहका ४ हजार ३३२ र १८ वर्ष मुनिका १८४ जना बालबालिका उपचारको क्रममा रहेका छन् । १८ वर्ष मुनिकाहरुमध्ये बालिका ६९ जना, बाबु आमा दुबै नरहेका २० जना, बाबु वा आमा मध्ये एकजना मात्र रहेका ६६ जना र १२ वर्ष मुनिका १०९ जना बालबालिकाहरु उपचारको क्रममा रहेका छन् ।
जिल्लागत हिसाबले सबैभन्दा बढि पर्सा जिल्लामा १५ देखि ४९ वर्षसम्मको उमेर समूहका १ हजार ३९६ जना र १८ वर्ष मुनिका २२ जना एचआईभी संक्रमितहरु उपचारको क्रममा रहेका छन् ।
त्यस्तै, धनुषामा १५ देखि ४९ वर्षसम्मको उमेर समूहका ८२२ र १८ वर्ष मुनिका ३७ जना उपचारको क्रममा छन् । सप्तरीमा १५ देखि ४९ वर्षसम्मको उमेर समूहका १८१ र १८ वर्ष मुनिका ६ जना उपचारको क्रममा रहँदा सिरहामा १५ देखि ४९ वर्षसम्मको उमेर समूहका ४२१ र र १८ वर्ष मुनिका २५, महोत्तरीमा १५ देखि ४९ वर्षसम्मको उमेर समूहका ३६४ र १८ वर्ष मुनिका १८, सर्लाहीमा १५ देखि ४९ वर्षसम्मको उमेर समूहका ५२० तथा १८ वर्ष मुनिका २१, रौतहटमा १५ देखि ४९ वर्षसम्मको उमेर समूहका ३९० र १८ वर्ष मुनिका २७ एवम् बारामा १५ देखि ४९ वर्षसम्मको उमेर समूहका २३८ तथा १८ वर्ष मुनिका २८ जना बालबालिकाहरु उपचारको क्रममा छन् ।
मधेशमा १० वटा सरकारी र एउटा गैरसरकारीसहित ११ वटा जाँच तथा परामर्श केन्द्रहरु सञ्चालनमा छन् । त्यस्तै, १० वटा सरकारी र एउटा गैरसरकारीसहित कूल ११ वटा उपचार केन्द्रहरु पनि यस प्रदेशमा छन् ।
मधेश प्रदेशमा ८ वटा गैरसरकारी निःशुल्क औषधि वितरण केन्द्र, वीरगञ्जको नारायणी अस्पतालमा लागुपदार्थको मौखिक पद्धतीद्वारा उपचार केन्द्र सञ्चालमा छ भने प्रदेश जनस्वास्थ्य प्रयोगशालामा भाईरल लोड परिक्षण केन्द्रसमेत सञ्चालन गरिएको छ ।
यस प्रदेशका सबै स्वास्थ्य संस्थाहरुमा संक्रमित आमाबाट जन्मिने बच्चामा एचआईभीको संक्रमण रोकथाम सम्बन्धि सेवाहरु उपलब्ध रहेका छन् ।