Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सुन र चाँदी दूबैको मूल्य आइतवार घट्यो





जनकपुरधाम ।

साताको कारोबारको पहिलो दिन सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार ४०० रुपैयाँ घटेर तोलामा १ लाख ५० हजार ५०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य पनि अघिल्लो कारोबारको तुलनामा ५ रुपैयाँ घट्दै १ हजार ८४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ८४५ रुपैयाँ कायम भएको थियो ।