Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बंगालको खाडीमा रहेको चक्रवात तमिलनाडु र पुडुचेरीमा पुग्ने सम्भावना, सतर्क रहन भारत सरकारको आग्रह





एजेन्सी ।
बंगालको खाडीमा उत्पत्ति भएको आँधी भारतको तमिलनाडु र पुडुचेरीको तटमा पुग्ने सम्भावना रहेको भन्दै सम्बन्धित सबैलाई सतर्क रहन भारत सरकारले आग्रह गरेको छ ।
भारतका धेरै तटीय क्षेत्रहरूमा वर्षा शुरु भइसकेको छ भने तमिलनाडुको महाबलीपुरमका समुद्रमा उच्च छालहरू आएका छन् । प्रदेश सरकारले विद्यालय तथा कलेजहरुमा बिदा दिने र माछा मार्नेहरुलाई समुद्रमा नजान चेतावनी दिएको छ ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी)का अनुसार यो आँधी आज दिउँसो तमिलनाडु र पुडुचेरीको तटमा पुग्नेछ । फेङ्गल नाम दिइएको उक्त आँधी बंगालको खाडीको दक्षिण–पश्चिमी भागमा, चेन्नईको २१० किलोमिटर दक्षिण पूर्वमा रहेको मौसमविदहरुले जनाएका छन् । यस अवधिमा हावाको गति ७० देखि ८० किलोमिटर प्रतिघण्टादेखि ९० किलोमिटर प्रतिघण्टासम्म रहने बताइएको छ ।
उक्त आँधी भारतका विभिन्न शहरसम्म आउन सक्ने सम्भावना रहेकाले दिल्ली सरकारले सचेतना अपनाउन नागरिकलाई अपिल गरेको छ ।