Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

विवाहपञ्चमी महोत्सव अन्तर्गत आज नगर दर्शन





जनकपुरधाम ।
सप्ताहव्यापी श्रीरामजानकी विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत रुपमा सुरु हुँदैछ ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज ‘नगरदर्शन’ विधि हुनेछ ।
नगरदर्शनमा राम–लक्ष्मणको प्रतीकको रुपमा एक जोडी बालकलाई जानकी मन्दिरको प्रांगणमै घुमाउने परम्परा रहेको छ । त्रेतायुगमा श्रीराम र लक्ष्मण गुरु विश्वामित्रसँग मिथिलाधाम घुम्न आउँदा नगर भ्रमण गरेको स्मरणमा नगरदर्शन गरिने गरिन्छ ।
त्रेता युगमा राम र लक्ष्मण मिथिला आएर नगरदर्शन गरेको तथा मिथिलाबासीले राम लक्ष्मणलाई फूल छर्केर स्वागत गरेको मान्यता अनुसार नगरवासीले स्वागत गर्ने परम्पराअनुसार ‘नगरदर्शन’ गराइन्छ ।
सात दिवसीय विवाहपञ्चमी महोत्सव अन्तर्गत नगरदर्शनका अतिरिक्त फूलबारी लीला, धनुषयज्ञ, तिलकोत्सव, मटकोर, शुभविवाह र राम कलेवा गर्ने परम्परा रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए ।