Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव आइतवारदेखि, पहिलो दिन नगर दर्शन





जनकपुरधाम ।
जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव आइतवारदेखि विधिवत रुपमा सुरु हुँदैछ ।
त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ । विवाहपञ्चमीको पहिलो दिन नगर दर्शन विधि गरिन्छ । जसमा राम लक्ष्मणको प्रतीक स्वरूप बनाइएको राम लक्ष्मणलाई जनकपुरधाम नगरदर्शन गराइन्छ ।

नगरदर्शनको जनकपुरधामको प्रमुख धार्मिक स्थल जानकी मन्दिर प्रागंणमा विशेष तैयारी भइरहेको छ । जानकी मन्दिरमा कृतिम बजार बनाइने र त्यही बजारमा रामलक्ष्मण लाई घुमाउने कार्यक्रम रहेको मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताउनुभयो ।