

जनकपुरधाम ।
एनपिएलको उदघाटन खेलमा विराटनगरले जनकपुर बोल्टलाई १ सय २८रनको लक्ष्य दिएको छ । विराटनगरले मार्टिन गप्टिलको ५५ रनको अर्धशतकीय पारीको सहयोगमा निर्धारित २० ओभरमा १ सय २७ रन बनाउँदै अलआउट भएको थियो । गप्टिललाई हर्ष ठक्करले पवेलियन फर्काएका थिए ।
विराटनगरलाई सस्तैमा समेट्न ललित राजवंशीले जनकपुर बोल्टकालागि ३ विकेट लिएका थिए । त्यस्तै किशोर महतो र हर्ष ठक्करले २÷२ विकेट लिन सफल भएका थिए ।
विराटनगरको ब्याटिङ्गमा गप्टिल बाहेक अन्य कुनै ब्याट्समैनले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
