Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जटही सीमामा भारतीय भन्सारद्वारा उठाउने शुरु गरेको राजस्व पैसा रोक्यो, नेपाल भारत खुल्ला सीमा संवाद समूहको सराहनिय पहल





जनकपुरधाम ।
नेपालवाट भारत तर्फ गइरहेका सवारीसाधनबाट भारतीय भन्सारले पैसा उठाउने कार्य स्थानीयको विरोधमा केही घण्टामा हटाएको छ । धनुषाको जटही नजिक भारतीय भूमिमा भारतीय भन्सारले आज एउटा डेस्क स्थापना गरेका थिए । सो डेस्कमा कर्मचारी राखी पैसा उठाउन थालेपछि स्थानीयले विरोध शुरु गरेका थिए ।
नेपाल भारत खुल्ला सीमा संवाद समूहले आज विहानैदेखि विभिन्न निकायमा पैसा उठाउने कार्य रोक्न पहल शुरु गरेका थिए । बिहान १० बजेर ५० मिनेटबाट हटाएको छ । समूहका केन्द्रिय अध्यक्ष राजिव झाले आफूलाई सवारी चालकहरुले जानकारी गराएपछि काठमाडौ स्थित भारतीय दूतावास, वीरगञ्ज महावाणिज्य दूतावास, एसएसवीका अधिकारीहरुले फोन गरेर हाम्रो समस्या बताएपछि उहाँहरुले पनि पहल गरेपछि भारतीय भन्सारले पैसा उठाउने कार्य रोकेको जानकारी दिनुभयो ।
सीमा नजिकै सवारी साधन सहजताका साथ नेपाली प्लेट नम्बरका गाडी जाने गथ्र्यो । सीमा क्षेत्रमा कुनै नकुनै बहाना बनाइ दूबै तर्फ जनतालाई कष्ट दिने कार्य केही बर्ष देखि भइरहेको छ यसैको कडीको रुपमा भारतीय भन्सारले डेस्क स्थापना गरी सबारी साधनहरुसँ पैसा उठाउने शुरु गरेका थिए ।
सवारी चालक निकु मण्डलले भन्नुभयो –जटही नाकाबाट कलुवाही गइरहेको थिए भारती कस्टमका कर्मचारीहरु पैसा माँग्न थालेपछि हामीले छेउमा गाडी लगाएर नेपाल तर्फका नेताहरुलाई भनेको थिए पछि नेपाल भारत खुल्ला सीमा संवाद समूहले पहल गरी खुलाएको छ ।