

एजेन्सी ।
बंगालको खाडीमा उत्पत्ति भएको चक्रवाती तुफान फङ्गल आज (शनिबार) भारतीय राज्य तमिलनाडु र पुडुचेरीको तटीय क्षेत्रमा बज्रिने सम्भावना छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार तमिलनाडुका धेरै भागमा भारी वर्षा भइरहेको छ र राज्यको महाबलिपुरम तटमा समुद्रमा उच्च छाल देखिएका छन् । प्रदेश सरकारले विद्यालय तथा कलेजमा बिदा दिँदै माछा मार्नेहरूलाई समुद्रमा नजान चेतावनी दिएको छ ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार, “यो तुफान पश्चिम र उत्तर–पश्चिमतर्फ सर्नेछ । शनिबार यो पुडुचेरीनजिकै कराइकल र महाबलिपुरमबीचको उत्तरी तमिलनाडु–पुडुचेरी तट हुँदै जानेछ ।“
