Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कर बढाउने ट्रम्पको घोषणापछि क्यानाडाका प्रधानमन्त्री ट्रुडो अमेरिका पुगे





एजेन्सी ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न फ्लोरिडा पुगेका छन् । एक स्रोतले यो खबर पुष्टि गरेको बीबीसीले जनाएको छ ।
केही दिनअघि मात्र ट्रम्पले क्यानडाका उत्पादनमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए । यहीबीच ट्रुडोले ट्रम्पसँग भेटवार्ता गर्न लागेका हुन् । क्यानाडाली प्रधानमन्त्री ट्रुडो शुक्रबार साँझ फ्लोरिडाको पाम बिच इन्टरनेसनल एयरपोर्टमा अवतरण भएको क्यानाडाली मिडियाले जनाएको छ । जहाँबाट उनी ट्रम्पलाई भेट्न उनको घर अर्थात् मार–ए–लागो एस्टेटमा जानेछन् ।
ट्रम्पले जनवरी २० मा आफूले राष्ट्रपतिको पदभार ग्रहण गरेपछि मेक्सिको र क्यानडाबाट अमेरिकामा आउने सबै उत्पादनमा उच्च कर लगाउने घोषणा गरेका छन् । अहिले ट्रुडो र ट्रम्प भेटवार्ता हुन लागेको बारे दुवै पक्षले कुनै जानकारी नदिएको पनि बीबीसीले उल्लेख गरेको छ । यो भ्रमण ट्रुडोको सार्वजनिक कार्यक्रमको सूचीमा पनि थिएन । दुवै नेताले सँगै डिनर गर्ने स्रोतबाट जानकारी प्राप्त भएको छ ।