Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सिरहामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते





जनकपुरधाम ।
सिरहा नगरपालिका– ९ गुलरियामा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना हुँदा एक युवकको घटनास्थलमै मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
मृत्यु हुनेमा सिरहाको नवराजपुर गाउँपालिका– १ तामासुइयाका ३२ वर्षीय रंजित मुखिया छन् । उनीसँगै मोटरसाइकलमा सवार सोही ठाउँका ३५ वर्षीय अरबेन्द्र यादव र ३७ वर्षीय रामबाबु साह घाइते भएका छन् । मोटरसाइकलको नम्बर खुल्न नसकेको र अबेर राति दुर्घटनामा परेको हो । स्थानीय र प्रहरीले घाइते दुबै जनालाई प्रादेशिक अस्पताल सिरहा पुर्याएका थिए । तर त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरको न्यूरो अस्पताल लगिएको छ ।
घाइते दुबै जनाको अबस्था गम्भीर छ । उनीहरुको टाउँकोमा चोट लागेको छ । चोहर्वातीरबाट सिरहा सदरमुकाम पुग्न लाग्दा चार लेन समाप्त भएर सडक साघुँरो भएको ठाउँमा दुर्घटना भएको छ ।