Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

लक्ष्मिनिया गाउँपालिकामा बृद्धबृद्धाले पाएनन् सामाजिक सुरक्षा भत्ता





जनकपुरधाम ।
धनुषाको लक्ष्मिनिया गाउँपालिकाका बृद्धबृद्धाले महिनोदेखिको सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् । लक्ष्मिनिया गाउँपालिकाको गाउँसभा हुन नसक्दा खातासम्म संचालन हुन नसक्दा बृद्धबृद्धाले पाउने सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् ।
आफूहरु असार महिना यताको भत्ता पाउन नसकेको गुनासो लक्ष्मिनिया गाउँपालिकाकी कुमारी मण्डलले गरिन् । भत्ता पाउन नसक्दा निक्कै समस्यामा परेको उनले बताइन् । उनले भनिन् ‘मेरै गाउँको अध्यक्ष हुन् तर पटक पटक भेटेरै गुनासो गर्दा समेत सुन्नु हुन्न ।’
यता अर्का बृद्धले भने घरमा छोरा छोरीले घरमा खर्च दिदैनन्, त्यसपछि पालिकाले भत्ता नदिँदा निक्कै मर्कामा परेका छौँ । उनले भने ‘भत्ताकै भरमा आफ्नो खर्च चलाईरहेका थियौँ तर पटक पटक धाउँदा समेत असारपछि भत्ता पाएका छैनौँ ।’
लक्ष्मिनिया गाउँपालिका वडा नम्बर १का वडाध्यक्ष दिलीप यादवले अध्यक्ष तथा प्रमुख प्रशासकिय अधिकृतका कारण यो समस्याको सिर्जना भएको आरोप लगाए । उनले अध्यक्षको असक्षमताका कारण गाउँसभा नहुँदा पालिकाको खातासम्म संचालन हुन सकेको छैन । पालिकाको खाता संचालन नभएकै कारण भत्ताहरुका साथै कर्मचारीहरुले तलबसम्म पाउन नसकेको बताए ।
यता यही विषयलाई लक्ष्मिनिया गाउँपालिकाको कार्यालय पुगेर जनप्रतिनिधिहरुका साथै नागरिक समाजले दवाबमूल कार्यक्रम समेत गरेका छन् ।