

धनगढी ।
अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) ले आफैंमाथि गोली प्रहार गरेका छन् ।
अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीका अनुसार
तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले बिहीबार राति आफैंमाथि गोली प्रहार गरेको छ ।
चन्दले आफैंले बोकेको पेस्तोलले बायाँ छातीको माथिल्लो भागमा प्रहार गरेको डीएसपी भण्डारीले जानकारी दिए ।
चन्दले बिहीबार राति साढे ९ बजेतिर प्रहरी चौकीमै आफैंमाथि गोली प्रहार गरेको पाइएको डीएसपी भण्डारीले पुष्टि गरे । चन्दको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको जानकारी दिए ।
