Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

एक करोड बढीको अवैध औषधी पर्सा प्रहरीद्वारा बरामद





जनकपुरधाम ।
जिल्ला प्रहरी कार्यालय कास्कीले करिब एक करोड रुपैयाँ बराबरको औषधि बोकेको ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्जबाट काठमाडौंतर्फ लैजाँदै गरेको अवस्थामा उक्त ट्रक नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार ट्रकमा ९० लाख ३७ हजार रुपैयाँ बराबरको औषधि बरामद भएको हो ।
लम्सालले वीरगञ्ज महानगरपालिका ८ स्थित घण्टाघर चोकमा ना.३ ख ७९१९ नम्बरको मालबाहक ट्रकमा चेकजाँचका क्रममा बिलबिजक बिनाको ठूलो मात्रामा औषधि फेला परेको बताए ।
नियन्त्रणमा लिइएको ट्रक र औषधिसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।