Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सप्तरीका सबै निर्वाचन केन्द्र अति सम्वेदनशिल सूचीमा





जनकपुरधाम ।
उपनिर्वाचन हुने सप्तरीका सबै मतदान केन्द अति संवेदनशील सूचीमा परेका छन् । मंसिर १६ गते हुने उपनिर्वाचन अन्तर्गत सप्तरीको डाकनेश्वरी नगरपालिका–१ र ४ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।
दुवै वडामा गत स्थानीय तहको निर्वाचनमा विजयी वडाध्यक्षको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो । सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार डाकनेश्वरी नगरपालिका–१ मा एक मतदान स्थलमा तीन मतदान केन्द्र र वडा नम्बर ४ मा एक मतदान स्थलमा दुई मतदान केन्द्र कायम गरिएको छ । यी दुवै मतदान स्थल सुरक्षाका दृष्टिकोणले विगतदेखि नै अति संवेदनशील सूचीमा रहेका छन् ।
उपनिर्वाचनलाई ध्यानमा राखी सुरक्षा व्यवस्था कडा पारिएको सुरक्षा स्रोतले जनाएको छ । डाकनेश्वरी नगरपालिका क्षेत्रमा प्रहरीको पैदल गस्ती, चेकजाँच तीव्र पारिएको छ । मतदान केन्द्रमा खटिने सुरक्षाकर्मी कार्यक्षेत्रमा खटिइसकेका छन् । उपनिर्वाचन भइरहेका दुवै वडामा ८–८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।