Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सन २०२०पछि पहिलो पटक हुने छैनन् आइपीएलमा बंगलादेशी खेलाडी





एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा बंगलादेशका कुनै पनि क्रिकेटर सहभागी हुने छैनन् । सन् २०२० पछि बंगलादेशका कुनै पनि क्रिकेटर आईपीएलमा सहभागी नहुने यो पहिलोपटक हो ।
यसपटक १३ जना बंगलादेशी खेलाडी लिलामीका लागि उपलब्ध थिए तर तीमध्ये कसैको नाममा बोलकबोल भएन । आईपीएलका लागि कुनै पनि बंगलादेशी खेलाडीको प्रस्ताव परेको छैन ।
यस्तो अवस्थामा कतिपयले यसलाई दुई देशबीचको तनावसँग पनि जोडिरहेका छन् ।
सामाजिक सञ्जालमा दक्षिणपन्थी विचारधारासँग सम्बन्धित केही व्यक्तिले यसलाई मोदी सरकारसँग जोडिरहेका छन् ।
बीसीसीआई वा आईपीएलले बंगलादेशका खेलाडीहरूका लागि बोलपत्र नभएको विषयमा टिप्पणी गरेको छैन । तर बंगलादेश क्रिकेट बोर्डका अधिकारीले यो विषय दक्षतासँग सम्बन्धित रहेको बताएका छन् ।
कतिपयले यसलाई आईसीसीका अध्यक्ष जय शाहको निर्णय भनेका छन् तर तिनले के आधारमा यस्तो भनिरहेका छन् भन्ने कुरा खुलाउन सकेका छैनन् ।