Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेसका गृहमन्त्रीको प्रश्नः सुरक्षाकालागि बजेट किन दिने ?





जनकपुरधाम ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले आम नागरिकले अनुभूति गर्ने गरी अझै काम गर्न नसकेको बताएका छन् ।
बिहीबार जनकपुरधाममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखीले देशमा प्रहरी प्रशासन भए पनि प्रहरी प्रशासनको उपस्थिति रहेको महसुस आम नागरिकले गर्न नसकेको बताए । उनले भने, ‘हाम्रो देशमा प्रहरी प्रशासन त छ तर त्यसको उपस्थिति समुदायले अनुभव गरिरहेको छैन । हिजो ९ बजे म एउटा प्रहरी चौकीमा पुगें, प्रहरीहरु निदाइरहेका, सुतिरहेका थिए ।’
‘हामी लैंगिक हिंसाको अन्त्यको कुरा गर्दैछौं । हाम्रा सुरक्षाकर्मीहरु पनि त्यत्तिकै जिम्मेवार छन्, यो विषयमा । तर उनीहरुको अवस्था हिजो हेर्दा उदेक लाग्यो,’ उनले थपे । अहिलेकै जस्तो अवस्था रहीरहे सुरक्षाका लागि बजेट किन दिने भनेर समेत उनले प्रश्न गरे ।
सशस्त्र प्रहरीको कामबाट आफू सन्तुष्ट भएको तर नेपाल प्रहरीको अवस्था लाजमर्दो भएको बताउँदै मन्त्री लेखीले भने, ‘यस्तै हो भने सुरक्षा निकायका लागि हामीले बजेट किन दिने ?’