Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

चौथो पटक झारखण्डको मुख्यमन्त्री बने हेमन्त सोरेन





एजेन्सी ।
भारतको झारखण्डको मुख्यमन्त्रीको रुपमा हेमन्त सोरेनले चौथो पटक शपथ लिएका छन् । झारखण्डको राजधानी राँचीस्थित मोरहाबादी मैदानमा राज्यपाल सन्तोष गंगवारले सोरेनलाई मुख्यमन्त्री पदको शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहणसंगै उनी झारखण्डको १४औँ मुख्यमन्त्री बनेका हुन् । सोरेनका साथमा केही मन्त्रीहरुले समेत शपथ ग्रहण गर्ने भनिएपनि उनका अतिरिक्त कसैले शपथ ग्रहण गरेनन् । सोरेनको शपथ ग्रहण समारोहमा उनका पिता र झारखण्डको ३ पटक मुख्यमन्त्री रहि सकेका शिवु सोरेन समेत उपस्थित थिए ।
उनको शपथ ग्रहण समारोहमा कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गे, लोकसभामा विपक्षी नेता राहुल गान्धी, पश्चिम बंगालका मुख्यमन्त्री ममता बेनर्जी, बिहार विधानसभाको विपक्षका नेता तेजस्वी यादव, उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादव लगायत उपस्थित थिए ।
भर्खरै सम्पन्न विधानसभा चुनावमा झारखण्ड मुक्ति मोर्चा (जेएमएम) नेतृत्वको गठबन्धनले ८१ सदस्यीय विधानसभामा ५६ सिट जितेको छ ।
जसमा झामुमो एक्लैले ३४, कंग्रेसले १६, राष्ट्रिय जनता दलले चार र भाकपाले दुई सिट जितेका छन् ।