Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सरकारलाई दिएको समर्थन फिर्ता लिन्नौँः जनमत





काठमाडौं ।
जनमत पार्टीले सरकारलाई दिएको समर्थन नगर्ने स्पष्ट पारेको छ । सरकार र जनमत पार्टी बीच विवाद उत्पन्न भएकाले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने चर्चा चलेको थियो ।
जनमत पार्टीको सांसद गोमा लाभ सापकोटालाई सभामुख देवराज घिमिरेले नहटाउने निर्णय लिएका थिए । पार्टीका अध्यक्ष सीके राउतले कम्बोडियाको प्रधानमन्त्री सामडेक हुन मानेटलाई भेट्दा नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीप्रति टिप्पणी गरेका थिए ।
सामाजिक सञ्जालमा उनले लेखेका थिए,‘ कम्बोडियाका प्रधानमन्त्री सामडेक हुन मानेट सँग भेटवार्ता । बरू, नेपालकै प्रधानमन्त्री भेट्न साह्रै गाह्रो ।’
सरकारको निर्देशन अनुसार सभामुखले आफ्नो सांसद नहटाएको प्रतिक्रिया र पार्टी अध्यक्षको प्रधानमन्त्रीप्रति कटाक्षले जनमले सरकारलाई दिएको समर्थन फिर्ताले आशंकाहरु व्यक्त भएका थिए ।
जनमतका पार्टी प्रवक्ता शरदसिंह यादवले सरकारलाई दिएको समर्थन फिर्ता नलिने जानकारी गराए । ‘केन्द्रमा समर्थन फिर्ता र मधेस सरकार परिवर्तनको कुरा अनावश्यक हो ।