Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

एनपिएल खेल्ने विदेशी खेलाडीहरु, कुन टिममा को ?





काठमाडौँ ।
घरेलु मैदानमा पहिलोपटक हुनलागेको नेपाल प्रिमियर लिग (एनपीएल)का लागि विदेशी खेलाडी आउने क्रम जारी छ ।
कति फ्रेन्चाइज टोलीले विदेशी खेलाडी अझै सार्वजनिक गर्दै छन् । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा पहिलोपटक हुनलागेको एनपीएलमा ८ फ्रेन्चाइज टोलीले स्पर्धा गर्दै छन् । एनपीएलमा सहभागी हुने टोलीले विदेशी खेलाडी अनुबन्ध गर्न पनि हानथाप गरेका थिए ।
एनपीएलका लागि अहिलेसम्मको ठूलो नाम भनेको भारतीय चर्चित क्रिकेटर शिखर धवन हुन् । एनपीएलको अक्सनमा सबैभन्दा कम खर्च गरेको कर्णाली याक्सले शिखरलाई टोलीमा भित्र्याएपछि टिमकै चर्चा एक्कासि चुलिएको छ ।
विश्व क्रिकेटका चर्चित खेलाडी धवन कर्णालीमा आबद्ध भएसँगै नेपाली समर्थकमा उत्साहको छुट्टै सञ्चार भइरहेको छ । पछिल्लो समय सामाजिक सञ्जालमा चर्चा पाउनेमा पनि कर्णाली नै अघि देखिएको छ । कर्णालीमा शिखरसँगै हङकङका बाबर हायत, वेस्ट इन्डिजका चाडविक वाल्टन र ओमानका पूर्वकप्तान जिसन मक्सूद छन् ।
यस्तै चितवन राइनोजमा जोडिएका दक्षिण अफ्रिकाका मार्चन्ट डे लाग भने एनपीएलअघि नै टोलीबाट बाहिरिएका छन् । अभ्यासका क्रममा घाइते भएपछि उनी एनपीएलबाट बाहिरिएका हुन् । चितवनमा अनुबन्ध भएका नामिबिया जान निकोल लिफ्टी इटन र इंग्ल्यान्डका ल्युक मार्टिन बेनकेन्स्टाइन र अफगानिस्तानका हसन इसाखिल काठमाडौं आइसकेका छन् । चितवनले उनीहरुसँगै र इंग्ल्यान्डका रवि बोपारालाई पनि टोलीमा समेटेको छ ।
एनपीएलका लागि जनकपुर बोल्ट्सले अझै विदेशी खेलाडी सार्वजनिक गर्दै छ । बिहीबार मात्र जनकपुरले क्यानडाका हर्ष ठाकरलाई टोलीमा भित्राएको जानकारी दिएको हो । यसअघि इङ्ग्ल्यान्डका अलराउन्डर बेन माइकलाई भित्राएको जनकपुरले न्युजिल्यान्डका जिमी निशम, अमेरिकाका जोशुवा ट्रम्प, अमेरिकाका मोहम्मद मोहसिन, लाहिरु मिलन्थालाई अनुबन्ध गरेको थियो ।
यता सुदूरपश्चिमले ४ विदेशी खेलाडीलाई टोलीमा अनुबन्ध गरिसकेको छ । जनकपुरले विदेशी खेलाडीका रुपमा ब्रान्डन मक्मलेन, सेफ अलि जेब, स्कट कुगेलेइन र रोहन मुस्तफालाई टोलीमा समेटेको छ ।
काठमाडौं गुर्खाजले नेदरल्यान्ड्सका ब्याटर माइकल लेभिटलाई टोलीमा समेटेको छ । एनपीएलका लागि लेभिट नेपाल आइसकेका छन् । लेभिटका लागि त्रिवि मैदान नयाँ होईन । लेभिटसँगै काठमाडौंले नामिबियाका कप्तान मर्वी जेरार्ड इरसमस तथा इंग्लिस क्रिकेटरहरु स्टेफन इस्किनाजी, नाथन सावटर र ड्यान डौथवेटलाई अनुबन्ध गरेको छ ।
लुम्बिनीले भने विदेशी खेलाडीका रुपमा पाँच खेलाडीलाई टोलीमा समेटेको छ । लुम्बिनीले क्यानडाका पूर्वकप्तान साद विन जफरसँगै इङ्ग्ल्याण्डका टम मुर्स, अस्ट्रेलियाका बेन कटिङ, अमेरिकाका उन्मुक्त चन्द र वेस्ट इन्डिजका रामोन सिम्नोड्सलाई टोलीमा अनुबन्ध गरेको छ ।
एनपीएलका लागि फ्रेन्चाइज टोलीहरुले आफ्नो घरेलु मैदानमा नै अभ्यास गरेर काठमाडौँ आउँदै छन् । तिनै टोलीमध्ये पोखरा एभजेन्र्स पनि एक हो । पोखरा क्रिकेट मैदानमा अभ्यास गरेर पोखराको टोली एनपीएलका लागि काठमाडौँ आइसकेको छ । एनपीएलका लागि पोखराले स्कटल्यान्डका क्रिकेटर माइकल लिस्कलाई टोलीमा अनुबन्ध गरेको छ ।
उता एनपीएलको मिति नजिकिदै जाँदा विराटनगर किंग्सको तनाव भने बढ्दै गइरहेको छ । विराटनगरले उद्घाटन खेलमा जनकपुरविरुद्ध खेल्दै छ । तर शनिबार सुरु हुने एनपीएलका लागि बिहीबारसम्म पनि विदेशी खेलाडी आइपुगेका छैनन् ।
विराटनगरले विदेशी खेलाडीका रुपमा अकिब इल्यास, निकोलस कीर्तन, मार्टिन गप्टिल, क्रिस सोल र इस्मत आलमलाई टोलीमा समावेश गरेको थियो ।