Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सम्बन्धविच्छेदको खबरकाबिच ऐश्वर्याले नामबाट बच्चन थर हटाए किन ?





एजेन्सी ।
बलिउड अभिनेत्री ऐश्वर्या रायको दुबईको एउटा कार्यक्रमको एक भिडियो सार्वजनिक भएको छ । जसमा उनको नामबाट बच्चन थर हटेको छ । यो भिडियो सार्वजनिक भएपछि ऐश्वर्या र अभिषेक बच्चनले साँच्चै डिभोर्स गर्न लागेको हुन् भन्ने अड्कलबाजी बढेको छ ।
यो भिडियोमा फ्यानहरूले विभिन्न किसिमका कमेन्ट गरिरहेका छन् । एक प्रयोगकर्ताले भने ऐश्वर्यालाई आफ्नो नामको पछाडि कुनै थर नचाहिने र उनी ऐश्वर्या राय मात्रै भएको बताएका छन् । अर्का प्रयोगकर्ताले पनि बच्चन बिना उनको आफ्नो अलग्गै पहिचान छ भनेर लेखेका छन् ।
आधिकारिक इन्स्टाग्राम पेजमा ऐश्वर्याले आफ्नो नामको पछाडि अझै पनि बच्चन राखेकी छिन् । थर हटाइनु र सम्बन्धविच्छेदको खबरबिच कुनै सम्बन्ध नभएको एउटा समाचारमा भनिएको छ । दुबईमा भएको यो कार्यक्रममा व्यावसायिक कारणले अभिनेत्रीको पहिलो नाम प्रयोग गरिएको भनेर भनिएको छ ।
ऐश्वर्या ग्लोबल वुमन फोरमको कार्यक्रममा सहभागी हुन दुबई गएकी थिइन् । त्यहाँ उनले महिला सशक्तीकरण जस्ता विषयमा कुरा गरिन् । यसैबिच उनले सम्बन्ध विच्छेदको खबरमा मौनता कायम राखेकी छिन् । कार्यक्रममा अभिनेत्रीको लुकको निकै तारिफ भएको थियो ।
हालैका दिनमा ऐश्वर्या–अभिषेकको सम्बन्ध विच्छेदको अफवाह चर्किरहेको छ । यसैबिचमा अमिताभ बच्चनले आफ्नो ब्लगमा आफ्नो पारिवारिक र व्यक्तिगत विषयमा पोस्ट सेयर गरेका थिए । उनले लेखेका थिए– ‘परिवारको बारेमा बोल्नबाट बच्छु तर कतिपयले आफ्नो फाइदाका लागि यस्ता विषयलाई दुरुपयोग गछन् ।’ अमिताभले पोस्टमा छोरा र बुहारीको नाम उल्लेख गरेका छैनन् । तर उनको पोस्टलाई धेरैले सम्बन्ध विच्छेदको मुद्दासँग जोडेर हेरेका थिए ।
अमिताभको यो पोस्ट आएको एक दिनअघि ऐश्वर्याले छोरी आराध्याको १३ औं जन्मदिनको सेलिब्रेशनको तस्बिर सेयर गरेकी थिइन् । आराध्याको जन्मदिन नोभेम्बर १६ मा थियो । बच्चन परिवारका कोही पनि उनको उत्सवमा सहभागी भएनन् । तस्बिर बाहिर आएपछि ऐश्वर्या–अभिषेकको सम्बन्ध विच्छेदको खबरले फेरि चर्काे रुप लियो । अमिताभको ब्लग यसको केही घण्टापछि मात्र आएको थियो ।
जुलाईमा अभिषेक बच्चन आफ्नो परिवारसँग अनन्त–राधिकाको बिहेमा गए । अभिषेकको सम्पूर्ण परिवार रेड कार्पेटमा उपस्थित थियो । तर ऐश्वर्या भने छोरी आराध्यासँग छुट्टै बिहेमा गइन् । बिहेको सारा अवधिमा पनि ऐश्वर्या र अभिषेक सँगै देखिएनन् । बिहेपछि ऐश्वर्या छोरीसँग छुट्टी मनाउन गइन् । त्यतिबेला पनि अभिषेक उनीहरूको साथमा थिएनन् ।