Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

ब्राउन सुगरसहित बर्दिवासमा दुई जना पक्राउ





जनकपुरधाम ।
महोतरीको बर्दिबासमा एम्बुलेन्सबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबासले प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोट सिन्धुलीको एम्बुलेन्सबाट ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
सिन्धुलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००२ झ ६६९० नम्बरको एम्वुलेन्सबाट १० ग्राम ब्राउन सुगर बरामद भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
वीपी राजमार्गमा बुधबार राति बर्दिबास–३ चेकजाँचको क्रममा एम्बुलेन्सबाट ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक रेवती रमण पोखरेलले बताए ।