Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

झारखण्डको १४औँ मुख्यमन्त्रीको रुपमा सोरेन आज शपथ लिदै





एजेन्सी ।
भारतीय राज्य झारखण्डको मुख्यमन्त्रीमा आज हेमन्त सोरेनले शपथ लिदैछन् । भारतीय सञ्चारमाध्यमका अनुसार शपथ समारोह झारखण्डको राजधानी राँचीको मोरहाबादी मैदानमा अपराह्न ४ बजे हुनेछ ।
हेमन्त सोरेनले आफ्नो शपथ कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, कंग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गे, लोकसभामा विपक्षी नेता राहुल गान्धी, आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाल लगायत शीर्ष नेतालाई निम्तो दिएका छन् ।
भर्खरै सम्पन्न विधानसभा चुनावमा झारखण्ड मुक्ति मोर्चा (जेएमएम) नेतृत्वको गठबन्धनले ८१ सदस्यीय विधानसभामा ५६ सिट जितेको छ ।
जसमा झामुमो एक्लैले ३४, कंग्रेसले १६, राष्ट्रिय जनता दलले चार र भाकपाले दुई सिट जितेका छन् ।
हेमन्त सोरेन झारखण्ड राज्यको १४औँ मुख्यमन्त्री हुनेछन् ।