Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेस सरकारको नेतृत्व परिवर्तन गर्ने प्रयासमा कांग्रेस !





जनकपुरधाम ।
जनमत पार्टी नेतृत्वको मधेस सरकारको काम कारबाही सन्तोषजनक नभएको भन्दै नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरू मुख्यमन्त्री परिवर्तनको चलखेलमा लागेका छन् ।
जनमत पार्टीले मधेस सरकार एकलौटी ढंगबाट चलाएको, अरु मन्त्रीहरूले गरेको कामलाई जनमत पार्टीको नामले प्रचार गरेको, बजेट विनियोजनमा चलखेल गरेकोजस्ता आरोप कांग्रेस र एमालेका नेताहरूले लगाइरहेका छन् ।
मधेसमा कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन गृहकार्य गरिरहेको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेस प्रदेशको सरकार कुनै पनि हालतमा परिवर्तन हुने भन्दै ढुक्क रहन आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई भनेका छन् ।
केही दिन अगाडी सिरहाको लहानमा आफ्ना नेता तथा कार्यकर्तासँग उनले केन्द्रमा जनमत पार्टी गठबन्धनमा रहेकाले मधेस प्रदेशमा सरकारको नेतृत्व दिएको बताए । उनले अब त्यस्तो नहुने भन्दै कांग्रेसको नेतृत्वमा सरकार बन्ने भनेर कार्यकर्तालाई आश्वस्त पारे ।
मधेस प्रदेशमा कांग्रेस, एमाले, लोसपा नेपाल मिलेर सरकार बनाउन सक्ने अंकगणित छ । तर कांग्रेसले त्याग देखाएर जनमतलाई सरकारको नेतृत्व दिएको बताउँदै कांग्रेस महामन्त्री शर्माले अब लामो समयसम्म त्याग देखाउन नसक्ने बताएका छन् ।
तर जनमतका नेता नेताहरु यसलाई इन्कार गर्छन् । जनमत नेतृत्वको सरकार परिवर्तन हुने हल्ला मात्र रहेको जनमतका नेताहरु बताउँछन् । जनमत नेतृत्वको सरकार पूरा कार्यकाल चल्ने दाबीसमेत उनीहरुको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सरकारको आलोचना गरेका थिए । त्यसपछि एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारबाट जनमत पार्टीलाई हटाउने तयारी गरेका थिए ।
जनमत पार्टीलाई हटाएर सरकारको नेतृत्व उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई दिने लगभग अन्तिम तयारी थियो । यस विषयमा कांग्रेससँग पनि सहमति भइसकेको थियो । मधेस प्रदेशको सरकार परिवर्तन हुने भएपछि जनमत पार्टीका अध्यक्ष राउत प्रधानमन्त्री ओलीलाई भेट्न पुगेर कुरा मिलाएका थिए ।
अध्यक्ष राउतले ओलीलाई थामथुम पारे पनि कांग्रेस अब जनमत पार्टीलाई हटाएर सरकारलाई नेतृत्व गर्ने तयारीमा जुटेको देखिन्छ । कांग्रेसका नेताहरूका अनुसार स्थानीय तहको उपचुनावपछि पार्टी यसमा गम्भीर ढङ्गले लाग्नेछ ।