Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनकपुरधाम–अयोध्यालाई हवाई सेवामार्फत जोड्छौँ- मन्त्री पाण्डे





काठमाडौँ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्री प्रसाद पाण्डेले जनकपुरधाम र अयोध्यालाई हवाई सेवाको माध्यमबाट समेत जोड्नु पर्ने बताएका छन् ।
बुधबार त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागले आयोजना गरेको ’विश्व फलक पर राम’ (साहित्यिक, सामाजिक एवं संस्कृतिको सन्दर्भमा) अन्तरविषयी अन्तर्राष्ट्रिय गोष्ठीमा बोल्दै मन्त्री पाण्डेले धार्मिक रूपले जोडिएको सम्बन्धलाई हवाई सेवाका माध्यमबाट समेत अघि बढाउनु पर्ने बताएका हुन् । यसका लागि मन्त्रालयले समेत तयारी गरिरहेको मन्त्री पाण्डेको भनाइ छ ।
मन्त्री पाण्डेले अहिलेको अवस्थामा रामको मार्गदर्शन झनै व्यापक बन्दै गएको बताउँदै विश्वभरी फैलिएका नेपाली र भारतीय नागरिकले राम तत्वको पुनः जागरणमा योगदान गर्नुपर्नेमा जोड दिए ।
दुई दिनसम्म चल्ने गोष्ठीमा भगवान रामका विविध पक्षमा चर्चा गरिनेछ । कार्यक्रममा सामेल हुन आएका विभिन्न देशका प्रतिनिधिलाई मन्त्री पाण्डे नेपालको विविधतापूर्ण संस्कृतिलाई विश्वमा पु¥याउन सहयोग गर्न समेत आग्रह गरे ।