Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

आमा छोराको हत्या गर्ने अभियुक्त ४ वर्षपछि पक्राउ





जनकपुरधाम ।
रौतहटको दुर्गा भगवती गाउँपालिकामा आमा छोराको हत्या गरी शव जलाएर फरार भएका एकजनालाई घटनाको ४ वर्ष पछि प्रहरीले पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दुर्गाभगवती–४ छतौना बस्ने वर्ष ४८ का महमद जनिफ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिए । दुर्गाभगवती गाउँपालिका पिपरा बजारमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी निजमाथि कर्तव्य ज्यान कसुर मुद्दा दायर गरी रौतहट जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान कार्य भइरहेको रायले बताए । दुर्गाभगवती ४ बस्ने समरुदिन मियाँ कवारीको श्रीमती वर्ष २२ की हुस्नेयारा खातुन र निजको छोरा वर्ष २ को रेहानको २०७७ वैशाख ११ गते राति ८ बजे हत्या गरी जनिफले मसुरोको भुसमा बलि रहेको आगोमा शव फाली फरार भएका थिए ।
उक्त स्थानबाट ३०० मिटरको दुरीमा छोरा रेहानको कङ्काल फेला परेको थियो । घटनामा संलग्नलाई खोज तलास गर्ने क्रममा वारदात पश्चात् फरार रहेका उनलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ ।