Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

इजरायल हिजबुल्लाहबिच युद्धविराम सम्झौतामा सहमति





एजेन्सी ।
इजरायल र लेबनानबिच युद्धविरामको सहमति भएको छ । मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले अमेरिकाको मध्यस्थतामा हिजबुल्लाहले पठाएको युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको हो ।
यससँगै अमेरिकी राष्ट्रपति जो बाइडेनले दुई देशबिच युद्धविराम भएको घोषणा गरेका थिए । बाइडेनले मङ्गलवार इजरायल र लेबनानमा हिजबुल्लाहबीचको संयुक्त राज्य अमेरिकाले प्रस्ताव गरेको ६० दिने युद्धविराम सम्झौता स्थायी हुनेगरी डिजाइन गरिएको बताए ।
सम्झौता स्थानीय समयअनुसार बुधबार बिहान ४ बजेबाट लागू भएको छ । उनले आगामी ६० दिनमा इजरायलले बिस्तारै बाँकी सेनाहरू फिर्ता बोलाउने र दुवै पक्षका नागरिकहरू चाँडै सुरक्षित रुपमा आफ्नो समुदायमा फर्किने विश्वास व्यक्त गरे ।