Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जसपा नेपालले ‘जनतासँग जसपा नेपाल अभियान’को म्याद थप्ने तयारीमा





काठमाडौँ ।
जनता समाजवादी पार्टी (जसपा)नेपालले सञ्चालन गर्दै आएको ‘जनतासँग जसपा नेपाल अभियान’ को म्याद थप्ने तयारी गरेको छ ।
चार महिने सो अभियान मंसिर मसान्तसम्म चल्नेछ । मंसिर मसान्तसम्म सबै पालिकामा सो अभियान सम्पन्न भएन भने म्याद थप्न सकिने सो पार्टीका महासचिव लालबाबु राउतले बताए । उनले भने, ‘अभियानले पार्टीलाई फाइदा नै भइरहेको छ, म्याद थप्दा केही बिग्रिँदैन अहिले २० दिन अझै बाँकी छ सो अवधिमा सबै पालिकामा वडा तहसम्म कार्यक्रम भएन भने म्याद थप्ने सोच रहेको छ ।’
अहिले उपचुनावको माहौल भएकाले नेता तथा कार्यकर्ताहरू त्यसैमा लागेका छन् । बाँकी ठाउँहरूमा अभियान पनि सञ्चालन भइरहेको बताउँदै उनले मंसिरपछि अभियानको समीक्षाका साथै म्याद थप्ने विषयमा छलफल हुने बताए ।
पार्टीका प्रवक्ता मनिष सुमनले पनि केन्द्रीय समितिको बैठक बसेर अभियानको म्याद थप्ने बताए । ‘अहिले जिल्ला जिल्लामा अभियान सञ्चालित छन्, वडा तहसम्म यो अभियान चलिरहेको छ, मंसिर मसान्तसम्म सबै पालिकामा भएन भने म्याद थपिन्छ’, उनले बताए ।
अभियानले पार्टी चलायमान भएको उल्लेख उनले अभियानलाई निरन्तरता दिँदा नै फाइदा हुने बताए ।
जसपा नेपालले जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियानमा सदस्यता वितरण, सङ्गठन निर्माण सँगसँगै पार्टीको सैद्धान्तिक एवं वैचारिक अवधारणालाई महत्वका साथ अगाडी बढाउन निर्णय गरेको छ । जसपा नेपालको आइतबार बसेको सचिवालय बैठकले अभियानको समीक्षा गरेको थियो । अभियानले पार्टीलाई संगठित र व्यवस्थित गरिरहेको निष्कर्ष निकालेको छ ।