

जनकपुरधाम ।
धनुषाको बटेश्वर गाउँपालिका–३मा रहेको कुशवाहा जेनरल स्टोर्समा आगलागी भएको छ ।
मंगलबार राति बटेश्वर ३मा रामकुमार महतोले घरमै सञ्चालन गर्दै आईरहेका जेनरल स्टोरमा आगलागी हुँदा स्टोर पूर्ण रुपमा जलेको छ । स्टोर संगै संचभालनमा रहेको टपरी उद्योगमा तयार गरी राखिएका पेपर प्लेट, पानी ग्लास, चिया ग्लासलगायत कच्चा पदार्थ, जेनरल स्टोर्समा रहेका सामान जल्दा ४० लाख भन्दा बढीको क्षति भएको हो ।
आगलागी क्षिरेश्वरनाथ नगरपालिका र दंगा प्रहरी गण ढल्केवरको वारुणयन्त्र तथा स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले बताए ।
