Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रास्वपाको प्रतिक्रियाः हामीमाथी चौतर्फी प्रहार भयो





काठमाडौँ ।
पार्टी सभापति रवि लामिछानेले सहकारीको व्याज तिरेको भौचरसहित प्रमाण भेटिएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जवाफ दिएको छ । पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै आफूहरूमाथि चौतर्फी प्रहार र भाला हान्ने काम भएको बताएका छन् ।
‘ब्याजै तिरेको भएपनि यसको सर्पोटमा डकुमेन्ट आएको छैन माइन्युटहरू बाहिर आएको छैन । अहिले यसमा डिबेट गरेर अतिरन्जित गरेर काम छैन‚’ उनले भने ।
उनले लिलाबल्वभ अधिकारीलाई छोड्ने घटनाले रास्वपामाथि प्रतिशोध साधिएको थप स्पष्ट पारेको पनि दाबी गरे । पत्रकार सम्मेलनको क्रममा रास्वपा नेता गणेश पराजुलीले कुन कानुन टेकेर अतिरञ्जित गर्ने अधिकार दिइएको भन्दै प्रतिप्रश्न पनि गरे । ‘सम्मानित अदालतमा लगेर कारबाही गरे भोग्न तयार भएको सभापतिले भन्नुभएको छ । यी विषयमा भ्रममा पर्न जरुरी छैन‚’ उनले भने ।