Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

‘जनकपुरधाम उपमहानगरले नै बसाएर, उपमहानगरले नै उठिवास गर्न लगायो’

सयम नै नदिई नगर प्रहरीले झोपडी तोडेको आरोप





जनकपुरधाम ।
जनकपुरधामस्थित धनुषा जिल्ला अदालतको ठीक अगाडी साइकल, मोटरसाइकल पार्क गर्नकालागि सेड बनाइएको छ । जिल्ला अदालत, उच्च अदालत, बार एसोसिएसन पुग्ने सेवाग्राही तथा कर्मचारीहरुलाई साइकल मोटरसाइकल पार्क गर्नकालागि सहज भन्ने उद्देश्यले केही वर्ष अगाडी मात्रै जनकपुरधाम उपमहानगरले बजेट छुट्याएर सो सेडको निर्माण गरेको थियो । सोही सेड मुनी सानो झोपड़ी बनाएर अरुण प्रसाद सिंहले खाजा नास्ताको पसल संचालन गर्दै आईरहेका छन् ।
धनुषा जिल्ला अदालत अगाडी ३५ वर्षदेखि खाजा नास्ताको पसल संचालन गर्दै आईरहेका सिंहले सेड निर्माण गरिएपछि त्यसकै मुनी आफ्नो पुरानो पसल हटाएर कोरोना महामारीको पहिलो लहरमा सानो झोपडी बनाई फेरी पसल संचालनमा ल्याए । तत्कालिन नगरप्रमुख लालकिशोर साहकै आदेशमा यो झोपडी बनाएर पसल चलाउँदै आईरहेको सिंहले बताए । तर मंगलबार एकाएक जनकपुरधाम उपमहानगरका नगरप्रहरी आएर झोपडी तोड्न थाले सिंहले गुनासो गरे ।
उनले भने ‘उपमहानगरले सडक सरसफाई अभियान चलाईरहेको छ, सडकबाट २४ घण्टा भित्र झोपडी हटाउनुस भन्दै कागज थमाई दिए ।’ अगाडी भने ‘आफूले नगरप्रमुख समक्ष यस विषयमा कुरा गर्दा एक महिनामा विकल्प खोज्नुस भने तर नगरप्रहरीले माथीको आदेश रहेको भन्दै धमाधम झोपडी तोड्न थाले ।’


सिंहले उपमहानगरकै बजेटमा सडकमै सेड निर्माण गरिएको छ, तर नगरप्रहरीले त्यसमा हात पनि नलगाएर मेरै झोपडीमा हात लगाएको गुनासो गरे । उनले गरिबलाई हेर्ने कोहीपनि छैन, ऐन कानून पनि गरिब तथा निमूखामाथी नै लगाइन्छ भन्दै दुखेसो व्यक्त गरे ।
सिंह भन्छन्, ‘ म सुकुम्वासी हो, न घर छ न जग्गा नै, यो पसल चलाएरै जसोतसो पूरै परिवारको जीवन चलिरहेको छ ।, झोपडी रहेन र घर रहेन भने हामी कहाँ जाने ।’ नगरपालिकाले जनकपुरधामकै अन्य स्थानमा फुटपाथमै पसल चलाउनेहरुसंग बट्टी उठाएर चलाउन दिन्छ, म पनि बट्टी दिन तयार छु ।’ अगाडी भने ‘बट्टी तथा कर तिरेर भएपनि मलाई उठिवास नगरिदिनुस भन्दै म गुहार गर्न चाहन्छु ।’
रौतहटस्थित गौरबाट ५० वर्ष अगाडी नै जनकपुरधाम आएर उनको परिवार सानोतिनो व्यवसाय गर्दै आईरहेको छ । सिंह आफैले पसल चलाउँदै आईरहेको ३५ वर्ष भईसकेको छ । उनले यही पसल चलाएर उनको ६ जनाको परिवारको गुजारा चल्छ । उनको गुनासो छ ‘उपमहानगरले नै मलाई बसाएर, उपमहानगरले नै उठिवास लगायो ।’

फोटोः अलाउदिन साफी