Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अपहरण गरी फिरौती माग्ने दुईजना पक्राउ





जनकपुरधाम ।
अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा २ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पनेमा वीरगन्ज महानगरपालिका–१६ ईनर्वा गाउँका ३० वर्षीय सन्तोष दास तत्मा र सोही महानगरपालिका–१६ नगवाका ३१ वर्षीय हरिशंकर शर्मा रहेका छन् ।
रौतहट कटहरिया नगरपालिका–६ बस्ने ४१ वर्षीय पुरुषलाई आइतबार अपहरण गरी फिरौती रकम माग गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई वीरगन्ज महानगरपालिका–१६ ईनर्वागाउँबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट नगद ५० हजार रुपैयाँ र अपहरणमा प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको छ ।
उनीहरू उपर अपहरण तथा शरीर बन्धक कसुरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।