Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

१६ दिनपछि कोशीका पूर्वमन्त्री अधिकारी रिहा





जनकपुरधाम ।
कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी प्रहरी हिरासतबाट रिहा भएका छन् ।
विवादास्पद जापान भ्रमणका कारण पक्राउ परेका अधिकारी १६ दिनको हिरासतपछि रिहा भएका हुन् । उनलाई पत्नी पृथ्वी बस्नेतको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
सरकारी वकिल कार्यालय काठमाडौँले उनी विरुद्ध मुद्दा नचलाउने निर्णय भएको पत्र प्रहरी परिसरमा पठाएपछि सोमबार साँझै रिहा भएका हुन् । सरकारी वकिल कार्यालयका प्रवक्ता एवं जिल्ला न्यायाधिवक्ता सिताराम अर्यालले अधिकारी विरुद्ध मुद्दा नचलाउने निर्णय भएको बताए ।
मन्त्री अधिकारी प्रक्रिया नपु¥याई जापान उडेपछि जापान काण्डमा मुछिएका थिए । उनले आफूले जापान जान पासपोर्ट बुझाएकाहरूले गिरोहको जालमा फसाएको भन्दै प्रहरीलाई जानकारी गराएका थिए ।
जापान भ्रमणमा असम्बन्धित व्यक्तिहरूलाई आफूसँगै जापान पु¥याउन सघाएर मानव तस्करी गरेको तथा जापान पुगेका व्यक्तिहरूले किर्ते कागजात तयार पारेको कसुरमा प्रहरीले अनुसन्धान गरेको थियो ।
अधिकारीलाई कात्तिक २५ गते विराटनगरस्थित डेराबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । पूर्वमन्त्री अधिकारीले जापान छिर्न लागेका व्यक्तिहरूबारे नेपाल प्रहरी र जापानको अध्यागमनलाई पहिलो जानकारी गराएको खुलेपछि उनी विरुद्ध मुद्दा नचल्ने सरकारी वकिलको कार्यालय काठमाडौँले निर्णय गरेको हो ।
अधिकारी जापानमा हुने इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को सात दिने कार्यक्रममा सहभागी हुन भन्दै मन्त्री पदमा बहाल रहेकै बेलामा व्यक्तिगत हैसियतमा जापान उडेका थिए ।