

जनकपुरधाम ।
छात्रवृति लगायतका शैक्षिक समस्यालाई लिएर गत एक सातादेखि बन्द रहेको जनकपुरधामका निजी विद्यालयहरु आजबाट संचालनमा आएका छन् । जनकपुरधाम उद्योग वाणिज्य संघको अगुवाईमा सोमबार अबेर साँझसम्म चलेको छलफलबाट कार्यविधि बनाएर समस्या समाधान गर्ने सहमति पश्चात आजबाट विद्यालयहरु खुलेका हुन् ।
मंगलबारदेखि विद्यालय सुचारु गर्ने निर्णयसँगै छात्रवृत्ति लगायतका निजी विद्यालयहरुको समस्या एक महिनाभित्रै कार्यविधि बनाएर समाधान गर्ने समेत सहमति भएको हो । उपमहानगरको शिक्षा सम्बन्धी कार्यविधि बनाउनका लागि ७ वा ९ सदस्यीय समिति गठन गरि ३० दिनभित्र कार्यविधि बनाइसक्ने विषयमा सहमति भएपछि तत्काललाई विवाद साम्य भएको हो ।
सरोकारबला सहितको ७ सदस्यीय अधिकार सम्पन्न शिक्षा शाखा प्रमुखको संयोजकत्वमा, शिक्षाविद ज्ञानी यादव सहितका अधिकार सम्पन्न समिति बनाई निजि विद्यालयसंग सम्बन्धि सम्पूर्ण समस्या ३० दिन भित्र सम्बोधन गर्ने सहमति भएको प्याबसनका नगरअध्यक्ष दिपक ठाकुरले जानकारी दिए ।


