

जनकपुरधाम ।
धनुषा ३का सांसद जुली महतोले जनकपुरधाम उत्पन्न शैक्षिक समस्याको पहिलो जिम्मेबारी जनकपुरधामका नगरप्रमुख मनोज साहले लिनुपर्ने बताएकी छिन् । मोडेलखबरसंगको कुराकानीमा उनले नगरप्रमुखको नाम नलिई अहिले उत्पन्न समस्याको पहिलो जिम्मेबारी उपमहानगर नै रहेको बताइन् ।
संघिय शिक्षा ऐन नबनेको तथा उपमहानगरले समेत कार्यविधि बनाउन नसकेको अवस्थामा तत्काल विद्यालय संचालनमा ल्याएर पछि समस्याको समाधान खोज्दै जानु उत्तम विकल्प हुने सुझाव दिइन् । यसकालागि उपमहानगर, निजि विद्यालय, विद्यार्थीहरु लगायतका सम्बन्धित निकाय लचक हुनु आवश्यक रहेको प्रतिक्रिया दिइन् । कुनै समय ज्ञानको भूमिमा रहेको जनकपुरधाम अहिले शिक्षामा पछाडी पर्दै जानु चिन्ताको विषय रहेकाले यी सानातिना विवाद वार्ता र सम्वादको माध्यमले हल गरी जनकपुरधामलाई शिक्षाको हवको रुपमा विकास गर्नु तर्फ सबै पक्षलाई केन्द्रित हुन आग्रह गरिन् ।
सांसद महतो संगको कुराकानी मोडेल खबरको https://www.youtube.com/@ModelKhabar मा केहीबेरमा हेर्न सकिन्छ ।
