Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

निजि विद्यालयका संगठनको प्रतिनिधिहरुसंग सांसद जुली महतोको छलफल

‘तत्काल विद्यालय संचालनमा ल्याउन सबै पक्षसंग अपिल’





जनकपुरधाम ।
जनकपुरधामका निजि विद्यालयहरु बन्द रहेको समयमा निजि विद्यालयका संगठनको प्रतिनिधिहरुले धनुषा ३का प्रतिनिधिसभा सांसद जुली महतोसंग छलफल गरेका छन् । सांसद महतोसंगको छलफलमा निजि विद्यालयका प्रतिनिधिहरुले उपमहानगरको रबैयाका कारण जनकपुरधामका विद्यालयहरु बन्द गर्नुपरेको गुनासो गरेका थिए । उनीहरुले आफूहरुले लचकता अपनाए पनि जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहको कारण समस्या बल्झिदै गएको गुनासो सांसद महतो समक्ष गरेका थिए ।
छलफलको क्रममा सांसद महतोले आफूले समस्याको समाधान पछि खोज्दै जाने र तत्कालन विद्यालय संचालनमा ल्याउनु् आवश्यक रहेको बताइन् । यसकालागि सबै पक्ष लचिलो हुनु आवश्यक रहेको बताइन् । वार्ता र सम्वादकै माध्यमले कुनै पनि समस्याको हल निस्किने भएकाले द्वन्द्वको सिर्जना नगरी वार्ताकै माध्यमले हाल खोज्न निजि विद्यालयका प्रतिनिधिहरुलाई आग्रह गरेकी थिइन् ।