

जनकपुरधाम ।
जनकपुधामको शैक्षिक समस्याको समाधान खोज्नकालागि जनकपुरधाम उद्योग वाणिज्य संघको अगुवाईमा सर्वपक्षिय बैठक शुरु भएको छ । जनकपुरधामका निजि विद्यालयका संगठनहरुको आन्दोलन तथा नेपाल विद्यार्थी(नेवि) संघको आन्दोलनका कारण शैक्षिक संस्थाहरू बन्द रहेको अवस्थामा सोको हल निकाल्नकालागि जनकपुरधाम उद्योग वाणिज्य संघले सबै पक्षलाई डाकेर साझा संवादको माध्यमले समस्याको हल गर्न अपिल गरेको हो । सोही अपिल अनुरुप सर्वपक्षिय छलफल संघको हाता भित्रै शुरु भएको हो ।
जनकपुरधाम उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्ष मानेजकुमार साहको अध्यक्षतामा शुरु भएको छलफलमा उपमहानगरको निमित्त प्रमुख प्रशासकिय अधिकृत धीरेन्द्र लाल कर्ण, हिसान धनुषाका अध्यक्ष संजीव ठाकुर, जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरुको सहभागिता रहेको छ ।
