

जनकपुरधाम ।
जनकपुरधाम उद्योग वाणिज्य संघको पहलमा निजि विद्यालयकका संस्थापकहरु, नेबिसंघ, नगरपालिका सहित सरोकारवलाहरुसँग वार्ता गर्ने तयारी चलिरहेको छ । आज अपरान्ह ३ बजेदेखि बार्ता गरिनेछ ।
जउवा संघका महासचिव फुलदेव पण्डितले वार्ता र सहमती मात्रै नभइ विद्यालय पनि खोलाउछु बताउनुभयो । उहाँले भन्नुभयो – विद्यालय बन्द सहित विभिन्न आन्दोलनले जनकपुरधामको छबी खराब भइरहेकाले यो समस्यालाई चाँडै समाप्त पार्नुपर्छ ।
समस्यालाई समाधान गर्नु पर्छ जुँगाको लडाइ बनाउँदा कसैलाई भलो हुँदैन उहाँको कथन रहेको छ । एक प्रश्नको उत्तरमा पण्डितले भन्नुभयो – हामी चाहन्छौ एकैचरणमा समस्या समाधान होस, एकैचरणमा भएन भने बार्ताका लागि कमिटी बनाएर विद्यालय खोल्न लगाउँछु यसका लागि विभिन्न माध्यमले प्रयत्न पनि भइरहेको छ ।
महासचिव पण्डितसँगको कुराकानी मोडेल खबरको https://www.youtube.com/@ModelKhabar यसमा केही बेरमा हेर्न सकिन्छ ।
