

जनकपुरधाम ।
जनकपुरधाम उद्योग वाणिज्य संघको पहलमा निजि विद्यालयकका संस्थापकहरु, नेबिसंघ, नगरपालिका सहित सरोकारवलाहरुसँग वार्ता गर्ने तयारी चलिरहेको समयमा आन्दोलनमा रहेका प्याब्सनका नगर अध्यक्ष रवीन्द्र चौधरीलाई शिक्षा समितिबाट हटाइएको छ ।
तिरहुत हाइस्कूल जननकपुरधामका प्रिन्सिपल रहेका चौधरी केही वर्षदेखि संस्थागत विद्यालयको प्रिन्सिपलको हैसियतमा नगर शिक्षा समितिमा रहेका थिए । नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्रलाल कर्णले सामाजिक सञ्जालमा एउटा विज्ञप्ति जारी गरी चौधरीलाई हटाइएको जनाएका छन् ।
चौधरी उपर अख्तियारमा उजुरी परेकाले हटाइएको जनाइएको छ । अख्तियारमा उजुरी परेको भरमा हटाइएको छ । हुनत महोत्तरीको एक विद्यालयमा करार शिक्षकमा कार्यरत रहेको प्रमाणित भइसकेको समेत सो विज्ञप्तिमा उल्लेख रहेको छ । यद्यपि यो तथ्य अख्तियारले प्रमाणित गर्यो वा उपमहानगरले यस सम्बन्धमा सो विज्ञप्तिमा स्पष्ट उल्लेख गरिएको छैन ।
