Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मृत्युपश्चात् अंगदान गर्ने दाताका परिवारले दुई लाख रुपैयाँ आर्थिक सहयोग पाउने

यसअघि अंगदान गर्ने व्यक्तिका परिवारलाई भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिने व्यवस्था थियो





काठमाडौ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युपश्चात् शरीरका अंग दान गर्न चाहने दाताका परिवारलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मृत्युपश्चात् अंगदान गर्ने व्यक्तिको परिवारलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग गर्ने मन्त्रीस्तरीय निर्णय गरेका हुन्।

यसअघि मानव अंग दान गर्न चाहने त्यस्ता परिवारलाई एक लाख रुपैयाँ मात्रै दिने व्यवस्था थियो। आइतबार मन्त्रीस्तरीय निर्णयबाट दाताका परिवारलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।

यसअघि अंगदान गर्ने व्यक्तिका परिवारलाई भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिने व्यवस्था थियो। मृत्युपश्चात खेर जाने अंगदान गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।

स्वास्थ्यमन्त्री पौडेलले दाताको परिवारलाई दुई लाख दिने निर्णय कार्यान्वयनमा अर्थ मन्त्रालयले आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने गरी सहमति दिएको जानकारी दिए। उनले मन्त्रालयको आन्तरिक स्रोतबाटै आवश्यक रकम व्यवस्थापन गर्ने निर्णय भएको बताए।

नेपालमा एक हजार मिर्गौला रोगका बिरामी र ५५ जना कलेजोका बिरामी अंग दाताको प्रतीक्षामा छन्।

विद्यमान कानूनी व्यवस्थाअनुसार जीवित रगतको नाता पर्नेबाहेकले अंगदान गर्न पाउँदैनन्। तर, मृत्युपश्चात दान दिने गरी अंगदान गर्न पाउने व्यवस्था छ। मृत्यु भएको २४ घण्टाभित्र दिन सकिने अंग अरु जीवितलाई प्रत्यारोपण गर्न सकिन्छ।