Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

ऋषभ पन्त बने आइपीएल इतिहासकै महँगो खेलाडी





एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आइपिएल) अक्सनको पहिलो दिन भारतका पाँच खेलाडी महंगोमा बिक्री भएका छन् । ऋषभ पन्त आइपिएल इतिहासकै महँगा खेलाडी बन्दा श्रेयास ऐयर, बैंकटेस ऐयरलाई पनि महँगो बोली लगाएर टिममा समावेश गरेका छन् ।
आइतबार साउदी अरेबियाको जेदाहमा भएको मेघा अक्सनमा लखनउ सुपर जेन्ट्सले २७ करोड भारतीय रुपैयाँमा पन्तलाई टोलीमा आबद्ध गरेको हो । यसैगरी, पन्जाब किङ्सले श्रेयास ऐयारलाई २६.७५ भारतीय रुपैयाँमा अनुबन्ध गरेको छ । यो दुवै रकम सन् २०२४ मा मिचेल स्टार्कका लागि कलकत्ता नाइटराइडर्सले खर्चिएको २४.७५ करोडको कीर्तिमान भन्दा बढी हो ।
यी दुवै टोली नयाँ कप्तानको पनि खोजीमा रहेका कारण यी दुई खेलाडीलाई महँगो मूल्यमा टोलीमा आबद्ध गराएको हो । ब्याटिङ अलराउण्डर बैंकटेस ऐयारलाई २३ दशमलव ७५ करोड भारतीय रुपैयाँमा कलकत्ताले आबद्ध गराउनु भने सबै भन्दा आश्चर्य हो । सो टोलीले यसअघि ६ खेलाडीलाई रिटेन गरिसकेको थियो । रिटेन भएका खेलाडी मध्य रिंकु सिंह सबै भन्दा बढी १३ करोड भारतीय रुपैयाँमा रिटेन थिए । गत सिजनका अन्य स्टार सुनिल नारायण, वरुण चक्रवर्ती र आन्द्रे रसेल १२ करोड भारतीय रुपैयाँमा रिटेन भएका थिए ।
यस सिजनको अर्को आश्चर्य भने युजवेन्द्र चावल बने । उनी प्रति ६ क्लब इच्छुक देखिए । गुजरात टाइटान, चेन्नाई सुपर किङ्स, लखनाउ, रोयल च्यालेन्जर बंगलोर तथा सनराइजर्स हैदरावादले चासो देखाएका थिए । यी सबैलाई पार गर्दै पन्जाबले उनलाई १८ करोड भारतीय रुपैयाँमा आबद्ध गरायो ।
आर्शदीप सिंहसमेत पञ्जाबमा १८ करोडमा बिक्री भएका छन् । यसरी हेर्दा महंगो मूल्यको रेकर्ड भारतीय खेलाडीले नै बनाएका हुन् । दुई करोड मूल्यबाट सुरु भएको बोलकबोलमा आर्शदीपलाई पञ्जाबले १८ करोड दिएको हो । उनलाई चेन्नई, दिल्लीलगायत क्लबले बोली लगाए पनि पञ्जाबले राखेको हो ।