

जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिकाका निजि विद्यालयका संगठनहरुले विद्यालय बन्द जारी राख्ने निर्णय गरेको छ ।
लगातार तीन दिनसम्म जनकपुरधाम उपमहानगरपालिका र आन्दोलनरत पक्षबीच चलेको वार्ताका क्रममा शनिबार आन्दोलनरत पक्षले प्रस्तुत गरेका विषयमा उपमहानगरले तत्काल सम्बोधन गर्न नसकिने बताएपछि शैक्षिक संस्थाहरुको हडताल जारी नै राख्ने निर्णय गरेको हो । सोही अनुसार सोमबार पनि यहाँका विद्यालय तथा कलेजहरु बन्द नै रहने भएका छन् ।
यसका साथै निजि विद्यालयका संगठनहरुले उपमहानगरले छात्रवृति लगायतका समस्या समाधान गर्न गम्भिरता देखाउन नसकेको भन्दै सरोकारबला अन्य पक्षलाई समस्या समाधानकालागि पहल गरि दिन अपिल समेत गरेको हो ।
