Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पूर्व प्रधानमन्त्री देउवा सोमवार जनकपुरधाम आउने





जनकपुरधाम ।
पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा भोलि सोमबार विहान जनकपुरधाम आउने भएको छ । प्रजातान्त्रिक आन्दोलनका योद्धा अरविन्द ठाकुरको जनकपुरधाम २५ स्थित लोहना वभनगामामा प्रतिमा अनावरणको कार्यक्रम रहेको छ ।
नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारका अनुसार बिहान १० बजे बिमानबाट पूर्वप्रधानमन्त्री जनकपुरधाम आउनु हुनेछ ।

जनकपुरधाम विमानस्थलवाट सीताशरण होटेल जाने कार्यक्रम रहेको छ । सो होटेलमा भोजनको कार्यक्रम रहेको छ । करिब १ बजे अरविन्द ठाकुरको प्रतिमा अनावरणको देउवाको कार्यक्रम रहेको जानकारी पार्टी सभापति पजियारले दिनुभएको छ । भोलि नै पूर्वप्रधानमन्त्रीको काठमाडौ फर्किने कार्यक्रम रहेको छ ।