

जनकपुरधाम ।
धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद जुली महतोले आफना क्षेत्रका जनतासँग घरमै गएर भेटघाट गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका ४ को आनन्द नगर, सरस्वती नगरमा गएर भेटघाट गरेका छन् ।
जनताहरुले सो क्रममा आफना सांसदलाई टोलको समस्याहरु सुनाएका थिए । सो क्रममा एमाले नेता शिवशंकर साह ‘हिरा’, विजेता झा सहित एमालेका दर्जनो नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।











