Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतबिरुद्धको पहिलो टेस्टमा अष्ट्रेलिया जितकालागि दवाबमा





एजेन्सी ।
अस्ट्रेलिया भारतविरुद्धको पहिलो टेस्टमा हारबाट जोगिन चर्को दबाबमा रहेको छ । जितका लागि ५ सय ३४ रनको लक्ष्य पाएको अस्ट्रेलियाले तेस्रो दिनको खेल समाप्त हुँदा तीन विकेट गुमाएर १२ रन बनाएको छ ।
भारतसामु जित निकाल्नका लागि टेस्टका बाँकी दुई दिन छन् भने अस्ट्रेलिया अझै ५ सय २१ रनले पछाडि छ ।
ओपनर नथान म्याकस्वानी शून्यमा आउट भए । उनी जसप्रित बुमराहको बलमै एलबीडब्लू आउट । भए । यस्तै नाइटवाचम्यानको भूमिकामा आएका कप्तान प्याट कमिन्सले दुई रन मात्र बनाए । उनको विकेट भने मोहम्मद सिराजको नाममा रह्यो । मार्नस लबुसचेनले जसप्रितको बलमा एलबीडब्लू हुनुअगाडि तीन रन जोडेका थिए ।
अर्का ओपनर उसमान ख्वाजा तीन रन बनाएर खेलिरहेका छन् । यसअघि यश्वस्वी जयसवाल र विराट कोहलीको शतकको मद्दतले भारतले ६ विकेट गुमाएर ४ सय ८७ रनमा आफ्नो दोस्रो इनिङ्स समाप्तिको घोषणा गरेको थियो । ओपनर यश्वस्वी जयसवालले १ सय ६१ रन बनाए । उनको ब्याटबाट १५ चौका र तीन छक्का निस्केको थियो ।
यस्तै कोहलीले सय रन बनाउने क्रममा आठ चौका र दुई छक्का प्रहार गरे । खराब लयबाट गुज्रिरहेका कोहलीले यो शतकपछि राहत महसुस गर्नेछन् । भारतले बिना कुनै विकेट क्षति १ सय ७२ रनबाट तेस्रो दिनको खेल अगाडि बढाएको थियो । उसका अर्का ओपनर केएल राहुलले ७७ रन बनाए । यस्तै वासिङ्टन सुन्दरले २९ र नितिशकुमार रेड्डीले ३८ रनको योगदान गरे ।