

जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिकाको मेयरको निर्वाचनमा दोस्रो सबैभन्दा बढी मत ल्याएका एमाले नेता शिवशंकर साह ‘हिरा’ ले विद्यालयको समस्या समाधान गर्न जनकपुरधामको मेयर मनोज साह असफल भएको बताएका छन् । उहाँले मेयरको राजिनामाको समेत माँग गर्नु भएको छ ।
छात्रावृतिको नाउँमा नेपाल विद्यार्थी संघ र विद्यालय क्याम्पस व्यवस्थापन बीच भइरहेको विवादलाई तत्काल समाधान गर्नु पर्ने माँग गर्दै एमाले नेता हिराले भन्नुभयो – मेयरले यो समस्या समाधान गर्नसक्छ मलाइ विश्वास लागि रहेको छैन ।
मेयरको नाउँ किटेर भन्नुभयो – समस्या समाधान गर्नुस् नत्र हामीलाई जिम्मा दिनुस्, ७२ घण्टामा समस्या समाधान गरेर देखाउँछु । ‘छात्रवृति धेरै ठूलो समस्या छैन, यसलाई समस्या बनाइएको छ । विद्यार्थी र विद्यालय क्याम्पसका सञ्चालक दूबै हाम्रै समाजका छन् कानुन र व्यवहार दूबै मिलाएर अगाडी बढनुस आफै समाधान हुन्छ,’ उहाँले भन्नुभयो ।
नेविसंघसँग बसेर मात्रै समस्या समाधान हुन्छ त्यस्तो छैन समाजका हरेक पक्षलाई एकठाउँमा बसाउनुस धेरै कुरोको निकास हुन्छ एमाले नेता हिराको कथन रहेको छ ।
धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद जुली महतोले आजै जनकपुरधामको मेयरलाई फोन गरेर विद्यालयको समस्यखख्ुल्न थालेको बताएका छन् । हिराले भन्नुभयो – एक त तपाइसँग समस्या समाधान हुन सकेको छैन, कसैले समाधानका लागि रुचि लिन्छ उसलाई झुटो बोलेर बर्गलाउन खोजिएको छ ।
मेयर मनोजले अढाइ बर्षको कार्यकालमा नगरका लागि केही नगरेको समेत उहाँले आरोप लगाउनु भयो ।
हिरा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष एवं मधेश प्रदेशका अध्यक्ष रहि सक्नु भएको छ । उहाँसँगको सम्पूर्ण कुराकानी मोडेल खबरको https://www.youtube.com/@ModelKhabar मा केहीबेरमा हेर्न सकिन्छ ।

