Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नेपाली नागरिक रहेको प्रमाण खुल्ने कुनै पत्रबाट पनि मतदान गर्न सकिने





काठमाडौँ ।
निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा मतदाता नामावलीमा नाम दर्ता भएका मतदाताहरूले सवारी चालक अनुमति पत्रका आधारमा पनि मतदान गर्न पाउने जनाएको छ ।
आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र अथवा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाउन असम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको आयोगका सहसचिव एवम् प्रवक्ता निता पोखरेलले जानकारी दिइन् ।
उक्त दिन बिहान ७ बजेदेखि ५ बजेसम्म मतदानको समय तोकिएको छ । उपनिर्वाचन अन्तर्गत मङ्सिर १६ गते ४२ स्थानीय तहका विभिन्न पदमा मतदान हुँदैछ ।