

जनकपुरधाम ।
शिक्षकहरुका प्रभावशाली नेता मेघनाथ यादवले छात्रवृतिलाई लिएर शुरु भएको निजि विद्यालय क्याम्पस र विद्यार्थी बीचको विवादलाई समाधान गर्न जनकपुरधाम उपमहानगरपालिका असफल भइरहेको बताउनु भएको छ । उहाँले भन्नुभयो – द्वन्दको तत्काल व्यवस्थापन तर्फ जनकपुरधामको मेयर मनोज साहले भूमिका खेल्नुपर्छ ।
मोडेल खबरको पोडकास्टमा कुरा गर्दै शिक्षक नेता यादवले सबै कुरो सबैसँग सम्भव हुँदैन यसको अर्थ समस्यालाई अनिर्णयको बन्दीमा राख्नु उचित छैन उल्लेख गर्नुभयो । उहाँको सुझाब थियो – आफै समाधान गर्नुस नत्र समाधानका लागि समाजका विभिन्न व्यक्तिसँग सहयोग लिनुस । वार्ता र समस्या सामाधानका लागि एउटा कमिटी बनाउनुस सो कमिटीले सबै कुरो समाधान गर्न सक्छ ।
कमिटीलाई केहीदिनको समय दिनुस त्यो बेला सम्म पढाइ सुचारु तर्फपनि ध्यान दिनुपर्छ । निजि विद्यालयले आफनो समस्या समधान गराउन तर्फ लाग्नुपर्छ सामुदायिक विद्यालयलाई यसमा जोडेर कुरा गर्नु गलत हो उहाँले भन्नुभयो ।
‘शिक्षकहरुको समस्यालाई लिएर मैले आफै कयौ चोटी विद्यालय बन्द सहितका आन्दोलन गरिसकेको छु सबै आन्दोलनको अन्त्य वार्ताद्वारा मात्रै सम्भव भएको छ’ उहाँले बताउनु भयो । कार्यविधि बनाउन तर्फ नगरपालिका तत्काल कार्य अगाडी बढाउनु पर्छ शिक्षक नेता यादवले सुझाब दिनुभयो ।
एउटा अर्को प्रसंगमा उहाँलाई भन्नुभयो – शिक्षा र स्वास्थ्यलाई स्थानीय निकायमा राख्नु हुँदैन, यसलाई संघले चलाउनुपर्छ ।
शिक्षक नेता यादव नेपाल शिक्षक संघ धनुषाको लामो समय अध्यक्ष रही सक्नु भएको छ । मधेश प्रदेश अधयक्ष समेत रहिसक्नु भएको छ । उहाँले मोडेल खबरमा लामो अन्तरवार्ता दिनु भएको छ । उहाँसँगको अन्तरवार्ता केहीबेरमै https://www.youtube.com/@ModelKhabar मा हेर्न सकिन्छ ।

