Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनकपुरधामका निजि विद्यालयहरु आज पनि बन्द





जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिकामा सञ्चालनमा रहेका सम्पूर्ण निजी विद्यालयहरु आज पनि बन्द छन् । हिसान, प्याबसन, एनप्याबसन तथा मधेस प्याब्नको संयुक्त आन्दोलन तथा विद्यार्थीहरुको आन्दोलनका कारण जनकपुरधामका विद्यालयहरु आज पनि बन्द रहेका छन् ।
शनिबार दुवै पक्षबीच भएको वार्ता निश्कर्षविहिन रहेकाले जनकपुरधामका विद्यालयहरु आइतबार पनि संचालनमा आउन सकेनन् ।
तत्काल विद्यालय संचालनमा ल्याउन सक्ने परस्थिति नरहेको हिसान धनुषाका अध्यक्ष सञ्जिव ठाकुरले बताए । एनप्याब्सन जनकपुरधामका नगर अध्यक्ष दीपक ठाकुरले आज बस्ने बैठकबाट आन्दोलनको स्वरुप परिवर्तन गरी आन्दोलनलाई निरन्तरता दिने बताए ।