

जनकपुरधाम ।
जनकपुरधामका निजि विद्यालय र क्याम्पसका संस्थापकहरुले पत्रकार सम्मेलन गरी छात्रवृति समस्या समाधानमा जनकपुरधामका मेयर मनोज साह गम्भीर नरहेको आरोप लगाउनु भएको छ ।
उहाँहरुले भन्नुभयो – विद्यार्थीहरुको समस्या समाधान होस यसमा हामी सजग छौ तर बीचको मध्यस्ता गर्ने समस्या समाधानको पहल गराउने निकाय नै भ्रमित छन् । उहाँहरुले मेयर माथि ठाडो आरोप लगाउनुभयो ।
हिसानका अध्यक्ष संजीव ठाकुरले क्याम्पस र विद्यालय बन्द गरी हामी त्यतिकै बसेका छैनो, हामी निरन्तर सम्बादमा छौ बताउनु भयो । गरीबका लागि छात्रवृति हुनुपर्छ सिफारिसको भरमा हुनु हुँदैन यसमा सबै सजग हुनुपर्छ उहाँको कथन थियो ।
निःशुल्क शिक्षाको नीति सामुदायिक विद्यालयहरुमा पनि लागू हुनुपर्छ । उनीहरुले पनि परीक्षा लगायत विद्यालयमा अन्य गतिविधिको नाममा पैसा उठाउन पाउनु हुन्न । हामीमाथि मात्र दोष लगाउनु उचित होइन । तर मेयर साहले यस्ता कुरो उठाउन चाहदैन उहाँले आरोप लगाउनुभयो ।
आइतवारदेखि आन्दोलनलाई अझै सशक्त बनाउने समेत हिसान अध्यक्ष ठाकुरले जानकारी दिनुभयो । पत्रकार सम्मेलनको सम्पूर्ण जानकारी केही बेरमै https://www.youtube.com/@ModelKhabar यसमा देख्न सकिन्छ ।


